सानिमा बैंकको ललितपुर सानेपा र हरिसिद्धिमा नयाँ कार्यालय स्थापना

काठमाडौं । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा नयाँ बैंक कार्यालय स्थापना गरेको छ ।

बैंकले असोज १५ गतेबाट आफ्नो बैंकिङ्ग सेवा बिस्तार गरेको हो ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे ।

सानिमा बैंकको देशका ७ वटै प्रदेशमा गरी १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स