डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै कम्पनीले मर्जरपश्चात् ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।

राष्ट्र बैंकले बुधबार (जेठ ३ गते) पत्र पठाउँदै डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो। यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो।

गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् ।

प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय चितवनको भरतपुर–१० मै रहनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स