सनराइज बैंकले ‘पेरोल’ सेभिङ अकाउन्ट भएका ग्राहकहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा दिने

काठमाडौं । सनराइज बैंकले ग्राहकहरूलाई लक्षित गरी सनराइज पेरोल लोन योजना सार्वजनिक गरेको छ ।

यस योजनामा बैंकमा पेरोल सेभिङ अकाउन्ट भएका ग्राहकहरुले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्ने व्यवस्था गरेको छ । योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको ट्रम लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स