राष्ट्र बैंकद्वारा सामुदायिक र बिपिडब्लु लघुवित्तलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान

काठमाडौं । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले जेठ ३ गते दुवै लघुवित्तलाई एक आपसमा मर्जरका जानका लागि सहमति प्रदान गरेको हो ।

एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता हस्ताक्षर गरी यी दुई संस्थाले संयुक्त रुपमा गत फागुन २९ गते नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए ।

हाल सामुदायिक लघुवित्तको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ छ भने बिपिडब्लु लघुवित्तको चुक्ता पुंजी ३ करोड रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स