कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हाले

काठमाडौं । कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । थकालीले आज (जेठ १४) गते आइतबारदेखि बैंकको सीइओको रुपमा कार्यभार सम्हालेका हुन् । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो ।

चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए ।प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् ।  उनले यस अघि भने साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए ।उनले प्रभु क्यापिटलमा ठूलो मेहेनत गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् । सरकराले संविधान दिवसको अवसरमा चार्टर्ड एकाउन्टेन्ट थकाली राष्ट्र यशोवर्दक पदकबाट विभूषित गरेको थियो ।

कामना सेवा विकास बैंकको कामुसीईओ विनय दाहाल रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स