खल्तीमा नबिल बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस र ४३ इन्चको स्मार्ट टीभी जित्ने मौका

काठमाडौं । खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा नबिल बैंक खाता लिंक गर्ने सुविधा उपलब्ध गराएको छ।

यस सुविधाअन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिंक गर्दै १०० रूपैयाँ बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टीभी र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्सिक्रप्सन जित्न सक्नेछन्।

प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिंक गर्दै पहिलो भुक्तानी गरेमा १०० रूपैयाँ बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्तामध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा ४३ इन्चको स्मार्ट टीभी र हरेक हप्ता एकजनाले ३२ इन्चको स्मार्ट टीभी र ‘खल्ती प्रो’ को सब्सिक्रप्सन प्राप्त गर्नेछन्।

यसका साथै खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर एन१६० जित्न सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स