नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र नेपाल रेमिट इन्टरनेशनल प्रा. लि.बीच सम्झौता भएको छ । दुवै कम्पनीले ग्राहकहरुलाई लक्षित गरी नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल साथै नेपाल रेमिट इन्टरनेशनलका प्रमूख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेशनलका नायब महाप्रबन्धक देव वहादूर थापाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स