महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले आज जेष्ठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेको हो । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल(पीओएस) अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न, पीओएस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।

कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स