लामटाङ खोला जलविद्युत आयोजनामा तीन बैंकले लगानी गर्ने सम्झौता

काठमाडौं । रसुवामा स्याफ्रुबेसीमा रहेको ‘लाङटाङ खोला जलविद्युत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा निर्माण हुन लागेको हो ।
सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । २० मेगावाट क्षमताको यो आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीले यो आयोजनाको निर्माण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पूरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमा लगेर जोडिने छ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खा यामको उत्पादन ३४.७ गिगावाट घन्टा र वर्खा यामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो ।
तर, कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात हाल बीओक्यु मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने लागिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स