काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको ५१ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ ।
बुधबार, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता सेयर सूचीकृत भएको छ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।