नबिल बैंकको करिब ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्री राखेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तिनधारा, दरवारमार्ग सचिवालयमा सम्पूर्ण कित्ता एकमुष्ठ खरिदको लागि प्रतिकित्ता मूल्य खोली गोप्य खामबन्दीरशिलबन्दी निवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार अन्य व्यक्तिरसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स