राष्ट्र बैंकले गर्यो चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही, को को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। नियमविपरीत काम गरेपछि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र यी वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात र कर्जा-निक्षेप अनुपात नपुगेको कसुरमा जनही नगद कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टीपर्पस फाइनान्स लिमिटेड रहेको छ ।

राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात (सीआरआर) नपुर्‍याएको कसुरमा प्रथम, दोस्रो र तेस्रो त्रैमासमा नगद जरिवाना गरेको छ । बैंकलाई प्रथमपटक ३ हजार ९४८.५३ रुपैयाँ, दोस्रोपटक ६३ हजार ७८२.७८ रुपैयाँ र तेस्रोपटक १ लाख ८ हजार ७७०.२१ रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपातको नियम तोकेकोमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको छ। जसअनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५.३० रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२.२६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४.७३ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ रुपैयाँ जरिवाना गरेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मल्टिपर्पस फाइनान्स लिमिटेड पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । निर्देशित सीआरआर नपुर्‍याएको आरोपमा राष्ट्र बैंकले उक्त कम्पनीलाई कारबाही गरेको हो । कम्पनीले नगद मौज्दात अनुपातको नियम तोड्दा प्रथमपटक २ हजार ७०१.०३ रुपैयाँ जरिवाना तिर्नुपरेको छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स