काठमाडौं । कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ प्रतियोगितामा प्रथम भएको छ ।
बैंकको आन्तरिक मोबाइल बैंकिङ प्रतियोगितामा नेपालगञ्ज शाखाले समूह ‘ख’ बाट प्रथम स्थान हासिल गर्न सफल भएको हो । बैंकले डिजिटल कारोबार अन्तर्गत मोबाइल बैंकिङ प्रयोग बढाउन यस्तो आयोजना गरेको हो ।
बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । हाल आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल रहेका छ । यस्तै २९४ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सुविधाहरु दिँदै आएको छ ।
बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।