काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापकसेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। यसका लागि संस्थापक सेयरधनीहरुले काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ।
तोकिएको समयपछि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।