एनआईसी एशिया बैंकद्वारा ऋणीलाई पटक पटक रि–कल अनि बाध्यतापूर्ण लिलामी

काठमाडौं । एनआईसी एशिया बैंकले एक पटक ऋण लिएका ऋणीलाई पटक पटक रि–कल गर्दे कर्जा दिने गरेको छ । बैंकबाट ऋण लिएका ऋणीहरूसँग धितो लिलामी गर्ने प्रक्रिया नपुग्ने अवस्थासम्म रि–कल गर्दै ऋण दिने र जब धितो लिलामी गर्न मिल्ने अवस्था हुन्छ तब धितो राखिएको सम्पत्ति बाध्यतापूर्ण तरिकाबाट लिलामी गर्ने गरेको छ ।

भैरहवाका उमाशंकर मिश्रलाई पटक पटक रि–कल गर्दै ऋण दिँदै गरेर अन्तिममा किस्ता बुझाएको ६ महिना नबित्दै बैंकले करिब १५ करोड रुपैयाँ पर्ने सम्पत्ति लिलामी गरेर आफ्नो नाममा नामसारी गर्यो ।

बैंकले २०७५ साल जेठ ३० गते सुरुमा कर्जा प्रवाह गर्दा धितोमा राखिएको सम्पत्तिको ५ करोड ८५ लाख रुपैयाँ आधिकारिक मूल्यांकन गरेको थियो । गत चैत २१ गते जग्गा तथा होटल र निजी आवससमेत मूल्यांकन करिब १ करोड रुपैयाँले घटाएर होटल व्यवसायी उमाशंकरको धितो लिलामी गरेको हो ।

उनको मात्रै होइन भैरहवा तथा लुम्बिनी क्षेत्रमा एनआईसी एशिया बैंकले अन्य आधा दर्जन घरपरिवार र व्यवसायीको यसरी नै उठ्ठिबास लगाएको छ । धेरै ऋणीलाई उमाशंकरलाई जस्तै जालमा पारेर रि–कल गर्दै ऋणमाथि ऋण थपेर सम्पत्ति लिलामी गर्दै आएको छ ।

बैंकको यो हर्कत भैरहवामात्रै नभएर देशैभर नै हो । एनआईसी एशिया बैंकबाट कर्जा लिएका ऋणीहरूले प्राय सबैको अवस्था अहिले दर्दनाक छ । भैरहवाकै अर्का नविन साहको पनि यसरी नै एनआईसी एशियष बैंकले बिल्लीबाठ बनाएको छ ।

एग्रेसिभ व्यवसाय विस्तारमा लागेको एनआईसी एशिया बैंकले एकातिर बैंकका ग्राहकलाई अनेक तरहबाट दुःख दिइरहेको छ भने अर्कोतिर सेयरधनीलाई पनि विगत दुई वर्षदेखि लाभांश दिएको छैन ।

अझ भन्नुपर्दा बैंकले आन्तरिक रुपमा नीतिनै बनाएको छ । ऋणीलाई पहिला सहज ढंगबाट ऋण उपलब्ध गराउने अनि विस्तारै माया गरेको जस्तो गरी ऋणको जालोमा फसाएर बैंककै किस्ता तिर्न पटक पटक रि–कल गरि ऋण दिने अनि सम्पत्ति लिलामी गर्ने गरेको पाइन्छ ।

लुम्बिनीमा होटल सञ्चालन उमाशंकरले बैंकबाट पटक पटक गरी ४ करोड ऋण लिएका थिए । उनले केहि समय कर्जाको किस्ता तिरेपनि कोभिडका कारणले व्यवसाय बन्द हुँदा बैंकबाट लिएको कर्जाको किस्ता र ब्याज तिर्न नकेनन् । त्यसपछि बैंकले कर्जाको सावा र किस्ता तिर्न भनि ऋण थपिदियो ।
२०२० जुन ५ मा ऋण लिएका उमाशंकरले त्यसअघि बैंकका ब्याज किस्ता बुझाउँदै आएपनि कोभिडले च्यापेपछि बैंकको किस्ता तिर्न नसकेन् र बैंक आफैले बोलाएर उनलाई ३५ लाख ऋण दियो । उनले त्यो ऋणबाट बैंकको किस्ता र ब्याज तिरे अनि केहि बाँकी रकम होटलका लागि प्रयोग गरे ।

२०२० अक्टोबर १६ मा २३ लाख र सोही दिन फेरि ३५ लाख रुपैयाँ ऋण दियो । सो रिकल गरिएको ऋणबाट बैंकले विभिन्न शीर्षकमा आफूले कलेक्शन गर्ने रकम निकाल्यो । यसरी बैंकले ऋण लिएको ५ वर्षको अवधिमा २२ पटक रि–कल गर्दै ऋण उपलब्ध गरायो । असोज मसान्तसम्म बैंकको किस्ता र ब्याज तिरेका ऋणी मिश्रको मंसिरमा धितो राखिएको सम्पत्ति लिलामीमा बैंकले चढायो ।

धितो लिलामी नहोस् भन्नका लागि उनले रोही कराइ गरेर २०७९ चैत २१ गते १० लाख रपैयाँ बैंकमा जम्मा गरे । पैसा जम्मा गरको ठिक एक सातामा उमाशंकरको सम्पत्ति बैंकले आफ्नो नाममा नामसारी गर्यो । त्यतिमात्रै होइन उनी कहि केहि नबिक्ने गरी कालोसूचीमा हालिदियो ।

यसरी आफ्नो सम्पत्ति बैंकले लिएपछि पीडित मिश्र अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । मिश्रले गत वैशाख ४ गते भैरहवा जिल्ला अदालतमा दाखिल खारेज (दाखा) मुद्दा हालेका छन् । एनआईसी एशिया बैंकबाट मिश्रले आफ्नी श्रीमतीको नाममा भएको सम्पत्ति धितो राखेर होटलको नाममा ऋण लिएका थिए ।

१० वर्षको लागि लिएको ४ करोड ऋणको सावा र ब्याज गरी ५ करोड ९८ लाख पुर्यायो र १५ करोडको धितोको न्यून मूल्यांकन गराएर धितो लिलामीमा चढाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स