एभरेष्ट बैंकका कर्मचारीले चोरे ग्राहकको खाताबाट १ करोड ५० लाख, शाखा प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंकका कर्मचारीले ग्राहकको खाताबाट १ करोड ५० लाखबढी रुपैयाँ चोरी गरेका छन् । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

प्रहरीले उक्त घटनामा संलग्न बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले ३३ जना बचतकर्ताको खाताबाट उक्त रकम चोरी गरेका हुन् ।

चोरी घटनामा संलग्न सात जना बैंकका कर्मचारी र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर-८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल रहेका छन् । पक्राउ पर्ने यी सात जना बैंकका कर्मचारी हुन् ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका-११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका-२ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

उनीहरुले पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको प्रहरीले जनाएको छ ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको प्रहरीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स