भारतले फेरि गर्यो नोट बन्दी, २ हजार दरको नोट नचल्ने

काठमाडौं । भारतमा फेरि नोटबन्दी गरिएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले २ हजार दरका नोट नचल्ने निर्णय गरेको हो । आरबीआईले विशेष सर्कुलर मार्फत २ हजार दरका नोट अवैध गरिएको घोषणा गरेको हो ।

सन २०२३ को सेप्टेम्बरसम्म २ हजार दरका नोटहरु बैंकहरूमा जम्मा गरिसक्न पनि आरबीआईले सूचित गरेको छ । आम नागरिकले आफूसँग रहेको २ हजार दरका नोटहरू २०२३ सेप्टेम्बर ३० तारिखसम्म बैंकमा जम्मा गर्न सक्नेछन् । उनीहरुले २ हजार दरका नोट दिएर सटही सुविधा समेत पाउनेछन् । मे २३ तारिख देखि नागरिकहरुले एक पटकमा २० हजारसम्मको नोट सटही सुबिधा पाउनेछन् ।

नोट सटहीका लागि कुनै पनि अतिरिक्त शुल्क पनि तिर्नुपर्ने छैन् । आरबीआईका अनुसार ३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड बराबरको २ हजार दरका नोट बजारमा छन् । सन २०१८ को मार्च ३१ मा २ हजार दरका ६.७३ लाख करोड नोट बजारमा थिए, जुन कुल नोट सर्कुलेशनको १० प्रतिशत हुन आउँथ्यो ।

भारतले सन २०१६ को नोभेम्बर ८ मा पाँच सय र एक हजार दरका नोटहरु बन्दी गरेको थियो । त्यसपछि सरकारले गुलावी रंगको दुई हजार र पाँच सय दरका नोट बजारमा ल्याएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स