नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ‘मोको’ डिजिटल वालेटबाट कारोबार गर्ने सक्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुले ‘मोको’ डिजिटल वालेटमा खाता लिंक गरी कारोबार गर्ने व्यवस्था ल्याएको छ ।

बैंकका ग्राहकले यस नयाँ मोबाइल डिजिटल वालेटमा खाता लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको जस्तै टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्नसक्ने भएका हुन् ।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएको छ । ग्राहकले रकम लोड नगरी लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गरेर पैसा तिर्न सक्नेछन् ।

मोबाइल डिजिटल वालेट ‘फोको फोकसवान पेमेन्ट सोलुसनले संचालनमा ल्याएको एप हो । नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त यस भुक्तानी सेवा प्रदायक संस्थाले डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स