राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान

काठमाडौं । राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तलाई आदर्श लघुवित्त प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। बुधबार जेठ ३ गते राष्ट्र बैंकले पत्र पठाउँदै डिप्रोक्सले आदर्शलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरेको थियो।

गत चैत १३ गते दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार सुरु गर्ने दुवै लघुवित्तबीच सहमति भएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स