राष्ट्र बैंकले गर्यो एकीकृत निर्देशन संशोधन, ५ करोडसम्मको कर्जाको पुर्नतालिकीकरण गर्दा ५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने

यस्ता छन् अन्य शर्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब ५ करोड रुपैयाँसम्मका सबै कर्जाको पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशनमा संशोधन गर्दै होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मका अन्य सबै क्षेत्रमा प्रवाह भएको कजाको पुर्नतालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले ऋणीको अनुरोधमा पुर्नतालिकिकरण वा पुर्न संरचना गर्न पाउने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासिक मौद्रिक समिक्षा गर्दै ५ करोड रुपैयाँसम्मको र क्षेत्र नै छुट्याएर कर्जाको पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न पाउने घोषणा गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न सकिनेछ ।

यस्तो पुर्नतालिकीकरण÷ पुर्नसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ । २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई पुर्नतालिकीकरण /पुर्नसंरचना गर्न सकिनेछ ।

पुर्नतालिकीकरण/पुर्नसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसरी पुर्नतालिकीकरण / पुर्नसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा बर्गीकरण गरिएको छ सोही वर्गमा बर्गीकरण गर्नुपर्नेछ । त्यसरी नै राष्ट्र बैंकले बैंक दर पनि १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गर्ने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स