काठमाडौं । पछिल्लो समय बैंकहरूले आधारदर घटाएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेपछि बैंक तथा वित्तीय संस्थाले मासिक तथा पछिल्लो तीन महिनाको औसत ब्याजदरमा अधारमा आधारदर तय गर्न पाउने व्यवस्था पछि वाणिज्य बैंकहरूले आधारदर घटाएका हुन् । अहिले बैंकहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेको छ । बैंकहरूले गत आवको सोही अवधिको तुलनामा यस ०.३१ प्रतिशतले आधारदर घटेको छ ।
अन्य सबै बैंकको आधारदर ०.५ प्रतिशतभन्दा कमले घटेको छ । यो अवधिमा सबैभन्दा बढी आधार दर सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र दोस्रोमा स्ट्याण्र्डड चाटर्ड बैंकले घटाएको छ । पछिल्लो तथ्यांकअनुसार नेपाल बैंक, माछापुच्छ्े बैंक र नेपाल एसबिआई बैंकको आधारदर हल्का बढेको छ भने अन्य सबै बैंकहरूको आधारदर घटेको छ ।
बैंकहरूको आधारदर घटेपछि बैंकहरूले प्रदान गर्ने कर्जाको ब्याजदर समेत घट्ने देखिएको छ । बैंकले कर्जाको ब्याजदर कायम गर्ने मुख्य आधार आधार दर घट्दा यसको प्रत्यक्ष फाइदा ऋणीले लिन सक्ने हुँदा अहिले प्राय ठप्प जस्तै भएको आर्थिक चहलपहल बढ्न जाने आशा गर्न सकिन्छ ।
बैंकहरूले कर्जा प्रवाह गर्दा आधार दरमा प्रिमियम मूल्य जोडेर कर्जा प्रवाह गर्ने गर्छन । पछिल्लो समय बैंकहरूले बढीमा ४ प्रतिशतभन्दा बढी प्रिमियम नलिने सहमति गरेका छन् ।