एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । करिब साढे ३ लाख कित्ता सेयर आज जेठ २ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ। शिलबन्दी पेश गर्ने मिति जेठ २ गतेदेखि ९ जेठ २०८० सम्म रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स