इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष ढकालले राखे ५ इन्ट्रायर धारणा

निजी क्षेत्रको माग बजेट र मौद्रिक नीतिले समेटछ भन्ने विश्वास

काठमाडौं । व्यवसायिक हिसावले हामी मिडिया उद्यमी साथीहरूभन्दा ठूलो नभएपनि रोजगारी दिने नै हाम्रो उद्देश्य हो । उद्योग वाणिज्य महासंघमा म अध्यक्ष भएर आएपछि इन्ट्रायर (अनिवार्य रुपमा समावेश हुुनपर्ने) धारणा राख्नुपर्छ मैले बुझेको छु । म मिडिया उद्यमी साथीहरू समक्ष मेरो ५ वटा धारणा राख्न चाहन्छु ।

१.अहिलेको क्राइसिसबाट कसरी बाहिर जाने ? यसमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियमन निकायहरू तथा निजी क्षेत्रको मिलेर यो क्राइसिसबाट बाहिर निष्कने भन्ने हो । पुरानो लयमा उद्यम व्यवसाय र आर्थिक गतिविधिलाई फर्काउने भन्ने पहिलो काम हो ।

२. हामी जतिपनि लगानी बढाउँछौ त्यति नै व्यवसायिक गतिविधि बढ्दै जाने हो । त्यो लगानी आन्तरिक र बाह्या दुबै हुन सक्छ । त्यसैले लगानीको वातावरण बनाउन सहयोग गर्छ भन्ने हो ।

३. हामीले जहिले पनि एक अर्कालाई आरोप प्रत्यारोप लगाउने गयौं । निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर समृद्ध नेपाल निर्माणमा लाग्नु पर्छ । सहकार्य गरेर जाँदा राम्रो हुन्छ भन्ने हो ।

४.प्रत्येक वर्ष ५ लाख जनशक्ति श्रम बजारमा आउने गर्छ । त्यो जनशक्ति नन् स्किल छ अर्थात अर्धदक्ष छन् । नेपाल उद्योग व्यवसायिक प्रतिष्ठानमा दक्ष जनशक्ति चाहिन्छ । त्यो हामीले दिन सकिरहेका छैनौ । यसो गर्न सकियो भने यसले आन्तरिक आवश्यकतालाई पुरा गर्नुका साथै वैदेशिक रोजगारीमा जानेलाई समेत सहयोग मिल्ने छ । सीप सिकाएर स्किलफूल जनशक्ति बनाउनु अहिलेको आवश्यकता हो । त्यस्तो स्किलफूल जनशक्तिले विदेश गएर नै काम गर्यो भने पनि पनि कमाउन सक्छ । उसले बढी कमायो भने देशमा धेरै रेमिट्यान्स भित्र्न्छ ।

५. निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने कुरामा होस् या कर तिर्ने कुरामा होस्, चाहे सोसल क्षेत्रमा होस् देश निर्माणमा हामीले ८० प्रतिशत योगदान गरिरहेका छौं । हामीले राज्यले गर्ने हरेक काममा सहयोग गर्दै आएका छौं । तर, निजी क्षेत्रलाई हेर्ने दृष्ट्रिकोण भने फरक भएको छैन । यद्यपि पहिला भन्दा केहि परिवर्तन भए पनि जति सम्मान पाउनु पर्ने त्यो हुन सकेको छैन ।

हामी निर्वाचित भएर आएपछि निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउने विषयको विरोधमा लविङ गर्यौ, सबैलाई स्ट्रङ लविङ गर्यौ र त्यो रोकियो । त्योबाट हामीलाई सफलता पनि मिल्यो । अख्तियारले निजी क्षेत्रलाई नियमन गर्ने विषय रोकियो ।

वर्तमान क्रासिसलाई कसरी बाहिर निकाल्ने भनेर छलफल भयो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत धेरै कुरा हुनुपर्ने माग राखेपनि केहि कुरामात्रै सम्बोधन भएको छ । अन्य विषयको सम्बोधन हुन सकेको छैन । जस्तै रि– फाइनान्स गर्न भनेका थियौ त्यो मौद्रिक नीतिको समीक्षमा आयो पनि । तर, यसअघिको अभ्यास भने रि–फाइनान्स दियो र बैंकहरूबाट एकै पटक कल ब्याक भयो । एकै पटक रि–फाइनान्सको रकम फिर्ता गर्दा बैंकहरू अप्ठ्यारोमा परे । सीडी रेसियो चापमा पर्यो ।

त्यसैले हाम्रो राष्ट्र बैंकलाई के आग्रह छ भने पहिला जस्तो एकै पटक कल ब्याक गर्ने हिसाबको रि–फाइनान्स गर्दा बैंकहरूको घटेको विश्वासलाई अझ घटाउँछ । त्यसैले टाइम दिएर रि–फाइनान्स गर्न आवश्यक छ, भन्ने हो । पुर्नसंरचना गर्न भनेको थियौ, त्यो पनि सीमित क्षेत्र र सीमामा गरियो । जति भयो प्रर्याप्त छैन । जस्तै ५ करोडसम्म र निर्माण तथा होटल व्यवसायीलेमात्रै रि–फाइनान्स पाउने भनिएको छ । यसले हाम्रो आवश्यता र अपेक्षालाई पुरा गर्न सकेन । अर्को बैंक दर घटाउन भनिएको थियो, त्यो पनि केहि घटेको छ ।

राष्ट्र बैंकको मौद्रिक नीतिले केहि कुरा समेटेपनि अन्य धेरै कुरालाई यथावत राखेको छ । हामीले दिएको सुझावमा ४ वटा सम्बोधन भएको छ । यो क्राइसिसमा जति दियो त्यो प्रर्याप्त छैन । अहिले सम्बोधन नभएका सुझावहरू आगामी आवको लागि आउने बजेट र मौद्रिक नीतिले सम्बोधन गर्छ भन्नेमा हामी आशावादी छौं ।

यस्तो बेलामा मिडियाको रोल अझ बढि हुन्छ । यस्तो अवस्थामा नकारात्मक कुराहरू नआओस् भन्न चाहन्छु, मेरो सबै साथीहरू । मानिसलाई डिस्करेज गर्ने खालका न्यूज नआओस् भन्ने हो । घट्नाको कारण बुझेर सम्यमित भएर बुझेरमात्रै समाचार सम्प्रेषण गरिदिनुस् भन्ने हो । नकारात्मक म्यासेज दिने खालको न्यूज अहिले घातक बन्न सक्छ, त्यो अहिलेको हाम्रो आवश्यकता हो । त्यसो भन्दैमा यथार्थ चिजलाई छाँयामा पारेर न्यूज दिनुुुस् भनेको होइन । मेरो भनाइ सकारात्मक म्यासेज जाओस भन्ने नै हो ।

मैले पनि जिरोबाट उद्यम व्यवसाय सुरु गरेको उद्यमी हुँ । अहिले प्राइभेट सेक्टरको एपेक्स बडीमा पुगेको छु । यसरी नै बन्ने हो । तपाईहरूले अहिले सुरु गर्नु भएको छ । अवश्य पनि देशको पैरवी गर्न तपाईहरू सफल हुनुहुनेछ भन्ने लाग्छ ।

(इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेका कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र ढकालले राखेको धारणाको सार)

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स