काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले लाभांश घोषणा गरेको छ। कम्पनीकोे वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्त पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख ५७६ रुपैयाँ रहेको छ ।