सिटिजन्स बैंकको नाफामा छलाङ, जगेडा कोष ४१ प्रतिशतले बढ्यो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरण योग्य मुनाफा डेढ अर्बभन्दा माथि पुगेको छ । बैंकको वितरण योग्य मुनाफा बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जुन नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.५७ प्रतिशत बढी हो ।

असार मसान्तसम्ममा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४० प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशत र सञ्चालन मुनाफा ४३.६६ प्रतिशत बढेको छ । यो अवधिमा बैंकको चुक्ता पुँजी ३८.३६ प्रतिशत, जगेडा कोष ४०.९२ प्रतिशत, निक्षेप ५८.९२ प्रतिशत र कर्जा ५०.१३ प्रतिशत बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपैयाँ ३८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स