मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंकबीच भुक्तानी सम्झौता

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । वालेट र बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आफ्नो भिसा डेबिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरेर कार्डबाट विभिन्न सेवाहरू जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी ६ हजारभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरू लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ ।

भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स हो । विशेष गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स