काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको साढे ४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
जसअनुसार, लघुवित्तको १४.२८५७ दरका कुल ४ लाख ७७ हजार २० कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।