मौद्रिक नीतिको तेस्रो समीक्षाः बैंक दर १ प्रतिशतले घट्यो, होटल तथा निर्माण क्षेत्रले कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण गर्न पाउने व्यवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा गरेको छ । आज बिहान बसेको राष्ट्र बैंक बोर्ड बैठकले वित्तीय बजारलाई सहज बनाउन बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ । यसअघि यस्तो दर ८.५ प्रतिशत थियो । यसका साथै कर्जाको आवश्यकता र औचित्यता हेरेर कर्जाको पुनतालिकीकरण र पुनः संरचना गर्ने पनि भएको छ ।

तर, यस्तो सुविधा भने होटल, रेष्टुराँ तथा निर्माण क्षेत्रका कम्पनीले मात्र पाउने छन् । अन्य कम्पनीलाई भने यस्तो सुविधा दिइएको छैन । ५ पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइदिएको छ ।

मौद्रिक नीतिले सेयर धितो कर्जा तथा तथा अन्य क्षेत्रलाई भने चलाएको छैन । यसअघिको व्यवस्थालाई नै निरन्तरता दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले ऋणपत्र गणनाका कारण ऋण लगानी रोकिरहेकोमा यसमा राष्ट्र बैंकले बाटो खोलिदिएको छ । ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोतका रुपमा समेत गणना गर्ने पाउने व्यवस्थालाई २०८० पुस मसान्तसम्मलाई निरन्तरता दिएको हो ।

राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ । पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो। अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/05/3RD_QTR_Review_Final.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स