उपकार लघुवित्तको खुद नाफा ९४.८८ प्रतिशतले कम

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको तुलनामा ९४.८८ प्रतिशतले कम हो । गत आवको यस अवधिसम्म संस्थाले २ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर ८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ९ करोड ९२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । साथै लघुवित्तको संचालन मुनाफा भने यस अवधिसम्म ४५ लाख ११ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

कम्पनीको चुक्तापुँजी १५२.७३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म ४ करोड २० लाख रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको यस अवधिसम्म १० करोड ६१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषको आकार २४.९७ प्रतिशतले घटेर कोषमा जम्मा ११ करोड ७४ लाख ९२ हजार रुपैयाँ संचित रहेको छ । संस्थाले सो अवधिसम्म एक अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र एक अर्ब ९५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ २२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात १.५९ प्रतिशतबाट बढेर ५.७४ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स