आदर्श लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमाससम्म लघुवित्तले २ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.५६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेको छ । यस अवधिमा लघुवित्तले १ करोड २५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३४ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको आम्दानी १९ रुपैयाँ ४८ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६७ गुणा रहेको छ।

त्यसैगरीे सञ्चालन मुनाफा ८३.५६ प्रतिशतले घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट बढेर ३.५२ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो ।

चुक्ता पूँजी २ करोड ४८ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १५ करोड ७४ लाख रुपैयाँ निक्षेप तथा ९ करोड ४३ लाख रुपैयाँ सापटीबाट २६ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स