राष्ट्र बैंकले गर्यो जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा भारी कटौती, कति बाढ्दैछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा भारी कटौती गरेको छ ।

यस अघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांस गरि कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंकको निर्देशनपछि अब कम्पनी १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स