बैंक अफ काठमाण्डूका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ का सामान खरिद गर्न पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूले दशैं, तिहार तथा छठलाई लक्षित गरी क्रेडिट कार्ड भएका ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेट खरिद गर्न पाउने योजना ल्याएको छ ।

पर्वको बहार, बीओकेको उपहार भन्ने मूलनाराका साथ ल्याएको यो किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहकले सहजैसँग सामसुङ ब्राण्डका सामानहरु बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच बैंक क्रेडिट कार्डबाहकले सामसुङका सामान किस्ताबन्दीमा खरिद गर्नेबारे सम्झौता भएको हो ।

यस योजनाका लागि ग्राहकले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नेछन् । किस्ताबन्दी योजनामा ग्राहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउने बैंकको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स