सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायो नौलो बचत योजना ‘सिद्धार्थ PAY & SAVE खाता’

सिद्धार्थ बंैकले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायो नौलो बचत योजना ‘सिद्धार्थ PAY & SAVE खाता’

काठमाडांै । सिद्घार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ PAY & SAVE खाता’ सञ्चालनमा ल्याएको छ ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ मार्फत १०० भन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाइ निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरिण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निस्शुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।

साथै, ग्राहकहरूलाई यस खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पि.ओ.एस् वा अनलाईनबाट न्यूनतम १ हजारको कारोबार गर्दा कारोबार रकमको ५५ (अधिकतम १००) क्यासब्याक पाउन सक्नुहुनेछ । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।

यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने छ । यसका साथै, बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरेर पनि प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स