स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र राष्ट्रियस्तरमा ग्राहकमैत्री वित्तीय सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी–यूपीआई डेबिट कार्ड आफ्नो ग्राहकलाई प्रदान गरिरहेका छन्। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले एससीटी–यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्।

यसका साथै युनियन पे इन्टरनेसनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पीओएस, ई-कमर्सजस्ता सेवा सजिलै लिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स