नेपालका बैंकहरू ठिकठाक छ्न, कुनै जोखिममा छैननः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू ठिकठाक भएको नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका हुन् ।

उनले राष्ट्र बैंकले निक्षेप कर्ताको हितलाई पहिलो प्राथमिकतामा राखेर ऋण लिनेहरूको हितलाई पनि ध्यान दिएको बताए । ‘निक्षेप कर्ताको पुरै हित गर्छौ । ऋण लिनेहरूको हित पनि गर्छौं ।’ व्यवसायीहरुले आफ्नो जोखिम व्यवस्थापन प्रणालीलाई गाली गरिरहेको आरोप पनि उनले लगाए ।

‘कोभीडका समयमा बिजनेस कम्युनिटि लाई सहुलियत दिएकै हो । बैंक नरहे अर्थतन्त्र बाँच्दैन । आफ्नो भित्रि उदेश्य पूरा भएन भने प्रणालीलाई नै गाली गरेर हुन्न । हामी आफ्नो पकेटको मात्रै हित हेर्नेहरूको कुरा सुन्दैनौ ।’, अधिकारीले भने बैंकहरूको जन्म नै जोखिम बोक्नका लागि भएको हो ।

मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न नसक्ने बताएका हुन् । अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने जिम्मा राष्ट्र बैंकले लिन नसक्ने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स