३ वर्षपछिकै उच्च लाभांश दिँदै सिटिजन्स बैंक, साधारणसभाका लागि २२ गते बुक क्लोज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी १५ औं वार्षिक साधारण सभाका लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बैंकले साधारण सभाको मिति तय नगरेपनि बुक क्लोजको मिति भने तय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको लाभांश भने प्रस्ताव गरिसकेको छ । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमो १२.९१ प्रतिशत बोनस र ३.०८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । । सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रहेको छ ।

सोही पुँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो । यस वर्ष बैंकको लाभांश विगत तीन आर्थिक वर्ष यताकै उच्च हो ।
अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भने बैंकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा ३ दशमलव ६२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ६३५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७५/७६ मा ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स