काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको करिब साढे ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।
लघुवित्तको २० प्रतिशतले हुन आउने ४१ हजार ४०० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।