गरिमा विकास बैंकले भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु

काठमाडौं । यस विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ ।

एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुन ज्यूले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका हुन् ।

म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम साथै डिजी बटुवा, डेविट/क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स