काठमाडौं । असोज १२ गतेसम्म ६ वटा बैंकहरूले लाभांश घोषणा गरेका छन् । नेपाल राष्ट्र बैंकमा गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पेश गरेर स्वीकृत गराएका बैंकहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश सानिमा बैंकले दिने भएको छ ।
सिटिजन्सले १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२.९१ प्रतिशत बोनस र ३.०८ प्रतिशत नगद लाभांश दिन लागेको हो । सिटिजन्स बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रहेको छ ।
यी बैैंकहरूमध्ये माछापुच्छ्रेले १४ प्रतिशत बोनस दिने भएको छ । बैंकले १३.३० बोसन र ०.७० नगद लाभांश दिने भएको छ । माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३१ लाख रहेको छ ।
गत वर्षको नाफाबाट सानिमा बैंकले चुक्ता पुँजीको १७.८९ प्रतिशत लाभांश दिने भएको छ । सोमध्ये १७ बोनस र ८९ प्रतिशत कर प्रयोजनका लागि नगद दिने भएको छ ।
नेपाल पूर्वाधार विकास बैंकले ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको बैंकले नगद लाभांश दिने भएको छ ।
कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने भएको छ । कुमारीको ६ प्रतिशत बोनस र २.६७ प्रतिशत लाभांश दिने भएको हो । कुमारीको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
साधारणसभा बोलाउने र लाभांश स्वीकृत गराएर वितरण गर्ने भएका छन् । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले भदौं १५ सम्म गरेको नाफा नोक्सानको आधारमा लाभांश दिन सक्ने छन् । आर्थिक वर्ष २०७७/७८ मा बाँकी वाणिज्य बैंकहरूको क्षमता भने यसरी समायोजन गरिएको छ ।
यद्यपि चालु आवको डेढ महिनाको अवधिमा बैंकहरूको नाफामा परिवर्तन हुन सक्ने सम्भावना रहन्छ । यसले गर्दा उनीको लाभांश गर्ने क्षमता केही प्रतिशतले तलमाथि हुन सक्छ ।
नबिल बैंक निजी क्षेत्रको लगानीमा रहेको बैंकमध्ये सबैभन्दा बढी लाभांश दिनसक्ने क्षमता राख्छ । नबिल बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ । बैंकले २९।९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
नेपाल बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई २७।६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई हो । ग्लोबल आईएमई बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाखरुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ छ । बैंकले सेयर धनीलाई १२।७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
प्राइम बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६।५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
एभरेष्ट बैंकले गत आवमा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयर धनीलाई २६।४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
एनएमबि बैंकले गत आवमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४।३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
हिमालयन बैंकले गत आवमा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट बैंकले २०।३१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १२।२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
एनआईसी एशिया बैंक सेयरधनीलाई १६।६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत आवमा बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ ।
कृषि विकास बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई १०।५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
मेगा बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०।३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
प्रभु बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३।०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १६।३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ९ अर्ब ४८ लाख रुपैयाँ छ ।
सिद्धार्थ बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११।११ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवमा १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३।६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
बैंक अफ काठमाण्डू्ले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११।६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
लक्ष्मी बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ छ । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९।३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
एनसीसी बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६।९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
सन् राईज बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ छ । बैंकले ६।३४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
सेञ्चुरी बैंक गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ छ । बैंकले ६।५८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
सिभिल बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ५।७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।
नेपाल एसबीई बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफ कमाएको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ छ । बैंकले सेयरधनीलाई ३।५७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।