काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालकमा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नियुक्त भएका छन् । सीईओ बज्राचार्य रिक्त रहेको संस्थापक समूह तर्फको सञ्चालकमा ग्लोबल आइएमई बैंकका प्रतिनिधिका रुपमा नियुक्त भएका हुन् ।
निफ्रा सञ्चालक समितिको आइतबार बसेको बैठकले सर्वसाधारण समूह तर्फका सञ्चालक सुमन पोखरेलले दिएको राजीनामा वैशाख १८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।