राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, सेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने ३ करोड ७० लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १९ लाख ५० हजार रुपैयाँबराबरको नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्तापुँजी २६ करोड रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ढिला गरी कारोबार समयमा लाभांश प्रस्तावसम्बन्धी निर्णयबारेको सूचना नेप्सेमा पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको छ। । लाभांश सम्बन्धि निर्णय सोहि दिन वा अर्को दिन कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेमा जानकारी गराउनु पर्ने व्यवस्था छ । तर कम्पनीले सो नियम उल्लंघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स