सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन् काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०८० वैशाख १७ गते आइतबार गोदावरी नगरपालिका, कैलाली स्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्स्टेन्सन् काउन्टर विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स