एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले दुई वटा ठूला संस्थाको कल्चर मिक्स हुन गाह्रो हुने भएकोले मर्जरको बाटो नरोजिएको बताएका छन् । हाम्रोअर्थसँगको कुराकारीमा उनले पहिला एनएमबि बैंकले साना बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ती गर्दा कर्मचारीबीच कल्चर मिक्सअप गर्न गाह्रो भएको हुँदा बिग मर्जरमा जान नचाहेको बताएका हुन् । ‘एउटा यथार्थ त्यो हो भने अर्को भनेको ठूला बैंक मर्जर हुँदा कतै दुघर्टना भइहाल्यो भने अझ धेरै अप्ठ्यारो पर्छ,’ उनले भने ‘मर्जरमा जानुभन्दा विदेशी पार्टर भित्र्याउनु उपयुक्त लाग्यो ।’
‘ठूलो बैंक अप्ठ्यारोमा पर्दा क्षति पनि ठूलो नै हुन्छ उनले थपे ‘मुख्य कुरा भनेको पुँजीको व्यवस्थापन हो । हामी यो पुँजी भारतीय र वा अन्य देशका बैंकबाट पनि ल्याउन सक्छौं ।’ मर्जरमा गएर पनि बिजनेश ग्रोथ गर्नको लागि पुँजी नै आवश्यक पर्छ। सो पुँजीको व्यवस्थापन गर्न मर्जरमा जानु पर्दैन । अन्य बाटोहरू खोज्न सकिन्छ ।
अहिले मर्जरमा गएका बैंकहरूलाई कर्मचारीहरूको व्यवस्थापन गर्न वा मिलाउन गाह्रो भइरहेको छ । यो वास्तवमै गाह्रो काम पनि हो । यसले नयाँ उत्साह थपेर अघि बढ्नुको साटो अझ कर्मचारीमा शिथिलता र ल्याएको पाइएको छ । दुई प्लस दुई चार बनाउन मर्जरमा जानु पर्दैन, यो जोड्दा २२ हुने गरी काम गर्न मर्जरमा जाने हो ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/nmb-marger.jpg”]
मर्जरमा गएर पनि खासै बिजनेश बढ्ने होइन, बिजनेश नबढ्ने भएपछि मर्जरमा गएर झमेला बोक्नु भन्दा पार्टर खोज्नु जाति हुन्छ । यहि भएर हामीले विदेशी पुँजी बैंकमा भित्र्याउन लागेका हौं,’ उनले भने । पुँजी थप गर्ने विषयमा केहि बैंक तथा वित्तीय संस्थासँग कुरा पनि भइरहेको छ । भरसक भारतीय लगानी बैंकमा भित्र्याउँछौं, नभएर अन्य खोज्छौं ।
यस अघि एनएमबि बैंकले कन्चन डेभलपमेन् बैंक, ओम डेभलपमेन्ट बैंक, पाथिभार विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकृटी डेमलपेन्ट बैंक र प्रूडेन्सियल फाइनान्स कम्पनीलाई मर्जर तथा प्राप्ती गरिसकेको छ ।
हाल एनएमबि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ कुल सम्पत्ति रहेको छ । बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।