काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तको आईपीओ सूचीकृत भएको छ । आइतबार, आत्मनिर्भर लघुवित्तको र बिपिडब्लु लघुवित्तको सेयर सूचीकृत भएको हो ।
जसअनुसार, आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर सूचीकृत भएको हो। नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि ३७१.८२ रुपैयाँदेखि १११५.४६ रुपैयाँसम्मको रेन्ज तोकेको छ । लघुवित्तलाई ‘एएनएलबी’ कारोबार संकेत प्रदान गरिएको छ।
त्यस्तै, नेप्सेले बिपिडब्लुको ३ लाख कित्ता सेयर सूचीकृत भएको हो। नेप्सेले लघुवित्तलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतममा २६०.३४ रुपैयाँ तोकेको छ। नेप्सेले बिपिडब्लु लघुवित्तलाई ‘बीपीडब्ल्यू’ कारोबार संकेत प्रदान गरेको छ।
यी दुवै लघुवित्तको सेयर सूचीकरण भएसँगै मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ। तर, भोलि अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकोले यी दुवै लघुवित्तको सेयर मंगलबारबाट कारोबारमा आउने भएका छन्।