राष्ट्र बैंकद्वारा नेपाल एसबिआई बैंक सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६८औं वार्षिक उत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

नेपाल एसबिआई बैंकले ६३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स