वाणिज्य बैंकहरूको नाफा घट्दा सरकारलाई तिर्ने कर पनि घट्यो, सबैभन्दा बढी कर तिर्नेमा नबिल, एनआईसी दोस्रो हुँदा ९ बैंकले घटाए कर

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरूले १९ अर्ब ९९ करोड रुपैयाँ कर तिरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले कुल २१ अर्ब १८ करोड रुपैयाँ सरकारलाई आयकर तिरेका थिए । चालु आर्थिक वर्षको सो अवधिमा बैंकहरूले तिरेको करभन्दा यो आवमा तिरेको कर १ अर्ब १८ करोड रुपैयाँले कम हो । बैंक तथा वित्तीय संस्थाहरूले सरकारलाई ३० प्रतिशतका दरले आयकर तिर्नुपर्ने हुन्छ ।

चालु आवको यो अवधिमा देशमा सञ्चालित २१ वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकको आयकर घटेको छ भने १२ बैंकको बढेको छ । आयकर घटाउने बैंकहरूमा सरकारी स्वामित्वको कृषि विकास बैंक, नेपाल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे्  बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम कमर्शियल बैंकको व्यवसायका आएको मन्दीका कारण सरकारलाई तिर्ने आयकर घटेको छ भने अन्य सरकारलाई तिर्ने कर बढाएका छन् ।

यस आर्थिक वर्षको यो अवधिसम्म नबिल बैंकले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ भने एनआईसी एशिया बढी कर तिर्ने बैंकको दोस्रो सूचीमा परेको छ भने ग्लोबल आईएमई बैंक सरकारलाई बढी कर तिर्ने बैंकको तेस्रो सूचीमा परेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रेमाससम्म नबिल बैंकले २ अर्ब १९ करोड रुपैया सरकारलाई आयकर बुझाएको छ भने एनआईसी एशियाले १ अर्ब ७२ करोड र ग्लोबल आईएमई बैंकले १ अर्ब ७० करोड रुपैयाँ आयकर तिरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नबिल बैंकले १ अर्ब ४३ करोड, एनआईसी एशिया बैंकले १ अर्ब ५४ करोड र ग्लोबल आईएमई बैंकले १ अर्ब ४५ करोड रुपैयाँ आयकर तिरेका थिए ।

नबिल बैंकले चालु आवको आवमा ७५ करोड ६१ लाख रुपैयाँ बढी कर तिरेको छ । नबिल एनआईसी एशियाले १७ करोड ५८ लाख र ग्लोबल आईएमई बैंक गत आवको भन्दा २४ करोड ९० करोड रुपैयाँ बढी तिरेका छ । नेपाल बैंकको गत आवको तुलनामा चालु आवमा आयकर १ करोड ६० लाख रुपैयाँले कर कम तिरेको छ भने सिटिजन्स बैंकले गत आवकोभन्दा ४ करोड ५९ लाख रुपैयाँले कम कर तिरेको छ ।

देशमा सञ्चालित २१ वटा वाणिज्य बैंकहरूमध्ये सरकारलाई सबैभन्दा कम कर कृषि विकास बैंकले तिरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८९ करोड ९९ लाख रुपैयाँ कर तिरेको कृषि विकास बैंकले चालु आवको सो अवधिमा जम्मा ४१ करोड ५४ लाख रुपैयाँमात्रे आयकर तिरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स