काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित भएका छन् । बैंकको ६८ औ वार्षिकोत्सवको अवसरमा भट्टराई सम्मानित भएका हुन् ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका छन्।
अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् ।
बैंकको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने परम्परा बमोजिम यस वर्ष पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
भट्टराई नेपाल राष्ट्र बैंकको तेर्हौं गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् ।