नेप्सेमा फेरि थपियो एक विकास बैंक सहित दुई कम्पनीको साढे ७३ लाख कित्ताबढी बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक विकास बैंक सहित दुई कम्पनीको साढे ७३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार गरिमा विकास बैंक लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको गरि कुल ७३ लाख ५१ हजार ८११.५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, गरिमा विकास बैंकको १३ प्रतिशतले हुन आउने ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशतले हुन आउने १३ लाख ८३ हजार ६७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स