काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको विवरणयोग्य नाफा ४०.५१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ रहेको बैंकहरूको विवरणयोग्य नाफा चालु आवको सोही अवधिमा सो नाफा घटेर १७ अर्ब ५२ करोड ५२ लाखमा सीमिति भएको हो । बैंकहरूको व्यवसाय खुम्चिएका कारण विवरणयोग्य नाफा पनि खुम्चिएको हो । बैंकहरूको व्यवसाय खुम्चिएका कारण विवरणयोग्य नाफा पनि खुम्चिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
देशमा सञ्चालित २१ वटा वाणिज्य बैंकले विहरूमध्ये १४ वटा बैंकको वितरणयोग्य नाफा घटेको छ भने बाँकी ७ वटा बैंकको मात्रै नाफा बढेको छ । बैंकहरूको वितरणयोग्य नाफा घट्दा लागनीकर्ता मारमा पर्ने देखिएको छ । त्यसै पनि यो वर्ष पनि एनआईसी एशिया, लक्ष्मी, माछापुच्छे«लगायतका बैंकले सेयरधनीलाई लाभांश दिएका छैनन् । यो वर्षको यो अवधिसम्मको बैंकहरूको प्रतिवेदन हेर्दा बैंकहरूले दिने लाभांश अत्यन्त न्यून हुने देखिएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको चैतसम्म वितरणयोग्य नाफा बढाउने बैंकहरूमा एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, स्ट्याण्र्डड चार्टड बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी बैंक, सानिमा बैंकले वितरण योग्य नाफा बढाएका छन् भने अन्य बैंकले घटाएका छन् ।
विवरण योग्य नाफामा एभरेष्ट बैंक र एनआईसी एशियाबीच प्रतिस्पर्धा देखिएको छ भने स्ट्याण्र्डड चार्टड र राष्ट्रिय वाणिज्य बैंकको प्रतिस्पर्धा पनि कम छैन । नाफामा पहिलो नम्बरमा रहेको नबिल बैंक वितरणयोग्य नाफामा भने ५ औं स्थानमा पुगेको छ । ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको नबिल बैंकको वितरण योग्य नाफा भने जम्मा १ अर्ब ७७ करोड रुपैयाँमात्रै रहेको छ ।
लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिन तथ्यांक सार्वजनकि गरेको एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । जबकि उक्त बैंकको एभरेष्ट बैंकले सबैभन्दा बढी वितरणयोग्य नाफा देखिएको एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ४६ करोड रुपैयाँमात्रै देखिएको छ ।
वितरणयोग्य नाफा बढी गर्ने दोस्रो नम्बरमा परेको एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ । तेस्रो स्थानमा परेको विदेशी लगानीको बैंक स्ट्याण्र्डड चार्टडको भने वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
गत आवको तुलनामा विवतरणयोग्य नाफा बढाउने बैंकको सूचीमा परेको लक्ष्मी बैंकको यस्तो नफा १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब २० करोड र १ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
वितरणयोग्य नाफा घटाउने बैंक नेपाल एसबिआई, ग्लोबल आईएमई, एनएमबि, कृषि विकास बैंक, प्राइम बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, सनराइज बैंक रहेका छन् । सनराइज, प्रभु बैंक, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको पनि वितरण योग्य नाफा घटेको छ ।
वाणिज्य बैंकहरुको वितरण योग्य नाफाको तथ्यांक (रकम रु हजारमा)
स्रोतः नेपाल बैंकर्स एसोसिएशन