अब कामना सेवा विकास बैंकको सीईओ दिनेश थकाली बन्दै, को हुन् उनी?

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । उनी हाल प्रभु बैंकमा चौथो वरियतामा छन् ।

कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुन् ।

उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । उनले कामना सेवा विकास बैंकमा कहिले पदभार ग्रहण गर्छन् भन्ने समय भने यकिन भएको छैन । हाल कामना सेवा विकास बैंक कार्यवहाक सीईओ विनय दाहालले चलाइरहेका छन् । कामनामा माघ १५ गतेदेखि सीईओ खाली थियो ।

चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध सञ्चालकका रुपमा पनि काम गरे । उनले प्रभु क्यापिटलमा ठूलो मेहेनत गरेका छन् ।

सरकराले संविधान दिवसको अवसरमा चार्टर्ड एकाउन्टेन्ट थकाली राष्ट्र यशोवर्दक पदकबाट विभूषित गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स